काठमाडौँ, माघ २१ :

 

मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । 

वृष : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । 

मिथुन : आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभारम्भको चर्चा चल्नेछ ।

कर्कट : आजको दिन भाग्यशाली रहेको छ । शिक्षामा सफलता मिल्नेछ । 

सिंह : लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । 

कन्या : सभा समारोहमा सहभागि हुने दिन छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

तुला : आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्नेछ । साँझमा राम्रो खबर पाइनेछ ।

वृश्चिक : नयाँ समाचारले मनमा शान्ति छाउनेछ । छोटो दुरीको यात्रा लाभदायक रहनेछ । 

धनु : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

मकर : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा निक्कै मेहनत गर्नुपर्नेछ ।

मीन : आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जानेछ ।