
जनकपुरधाम, माघ २१ :
महोत्तरीको जलेश्वर कारागारका एक जना कैदीको मृत्यु भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका- १ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।
अचानक पेट दुखेपछि उनलाई शनिबार मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो ।
त्यसबेलादेखि फरार रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो ।