
काठमाडौँ, माघ २१ :
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी छ ।
ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हिजोदेखि जारी बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका विषयमा छलफल भइरहेको छ ।
बैठक आज समापन गर्ने तयारी छ ।