
गुल्मी, माघ २१ :
कालीगण्डकी गाउँपालिका- २ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लु३ त ५११२ नम्बरको ट्रयाक्टरका सहचालक कालीगण्डकी- २ अर्बेनीका ५५ वर्षीय देवबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।
दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०- ६० मिटर तल खसेको जनाइएको छ ।