काठमाडौँ, माघ २१ :

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । चाँदीको भाउ भने घटेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

शुक्रबार प्रतितोला दुई हजार तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि स्थिर रहेको हो।

यसैगरी, आइतबार चाँदीको मूल्य पाँच रुपैयाँ घटेर यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।