
म्याग्दी, माघ २१ :
सहकारी ठगीका आरोपित म्याग्दीका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।
म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाका आरोपित थापालाई आइतबार बिहान साढे ५ बजे उनकै निवासबाट पक्राउ गरिएको म्याग्दीका प्रहरी प्रमुख भरत श्रेष्ठले जानकारी दिए ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानविन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो।एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् ।
थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको प्रतिवेदनमा औँल्याइएको थियो। म्याग्दी प्रहरीले थापालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
