महोत्तरी, माघ २१ :

महोत्तरीको जलेश्वर कारागारमा एक जना कैदीबन्दीको मृत्यु भएको छ ।

आगजनी घटनामा कैद सजाय भुक्तानी गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ का ५६ वर्षीय जोगेन्द्र महराको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  

एक्कासी पेट दुखेपछि प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरेका महराको सोही अस्पतालमा उपचारका  क्रममा मृत्यु भएको जलेश्वर कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए । महरा दुई वर्ष अघिदेखि कारागारमा रही कैद भुक्तान गर्दै आएका थिए ।