
माेरङ, माघ २१ :
विराटनगरको रानीबाट ३८ वटा मानव खप्परसहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रिक्सामा खानतलासी गर्दा रानीस्थित २ नम्बर ढाटबाट उक्त परिमाणमा मानव कंकाल र १० वटा नलीखुट्टासहित एकजनालाई पक्राउ गरेको हो।
ती कंकालहरू के प्रयोजनका लागि कहाँ लैजान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का विनोद राय भएको सशस्त्र प्रहरीले जनाएको छ।