सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
क्रिकेट

भारतीय टोली बन्यो १९ वर्षमुनिको महिला टी-ट्ववेन्टी विश्वकप च्याम्पियन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
भारतीय टोली बन्यो १९ वर्षमुनिको महिला टी-ट्ववेन्टी विश्वकप च्याम्पियन
काठमाडौं, माघ २१ :

भारतीय महिला टोलीले आईसीसी महिला अन्डर-१९ टी-ट्वेन्टी विश्वकपको अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको छ ।

मलेसियाको क्वालालम्पुरमा आइतबार दक्षिण अफ्रिकासँग खेलिएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई नौ विकेटले हराउँदै विश्वकप जितेको हो ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८२ रन बनाएर भारतीय टोलीलाई ८३ रनको लक्ष्य दिएको थियो ।

त्यसपछि भारतीय टोलीले ८.४ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गर्‍यो ।

भारतका लागि त्रिशा गोंगाडीले तीन विकेट, पारुनिका सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले दुई-दुई विकेट लिइन् ।

भारतीय टोलीका लागि ब्याटिङमा त्रिशा गोंगाडीले सर्वाधिक रन (४४) बनाइन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार