आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रभु साहविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ माघ, २०८१ मा प्रकाशित
प्रभु साहविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी
रौतहट, माघ २१ :

आम जनता पार्टीका अध्यक्ष एवं रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहविरुद्ध  जिल्ला अदालत गौरले अवहेलनाको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले आइतबार सांसद साह लगायतका विपक्षीका नाममा कारण देखाउ आदेश गरेको हो । 

निवेदन मागबमोजिम तपाईंलाई किन सजाय हुन नपर्ने हो भनी विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको अदालतका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

सांसद साहले सामाजिक संजाल फेसबुकमा रौतहटका न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर स्टाटस लेखेका थिए ।

फेसबुकमा न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर स्टाटस पोष्ट गरेपछि अदालतप्रति अपमान भएको भन्दै बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले गत शुक्रबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार