
काठमाडौं, माघ २१ :
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-सारा साउदी अरेबियाको भ्रमणमा छन् । जहाँ उनले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई भेटेका छन् ।
सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई सत्ताबाट हटाएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।
एक दशकभन्दा बढी समयदेखि गृहयुद्धबाट पीडित सिरियाका नयाँ अधिकारीहरू देशको पुनर्निर्माण र अर्थतन्त्रलाई पुनर्जीवित गर्न धनी खाडी देशहरूमा भर परिरहेका छन् ।
अहमद अल-साराले सत्ता सम्हालेपछि, अरब सुन्- मुस्लिम बहुल देशहरूसँग सिरियाको वार्ता सुरु भएको छ ।
असदको शासनकालमा इरान र रुससँग नजिक रहेको सिरिया अब साउदी अरेबिया र पश्चिमी संसारसँग नजिक हुँदै गएको देखिन्छ । -बीबीसी