काठमाडौँ, माघ २२ :

 

मेष : आजको दिन सुखद् रहेको छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । 

वृष : थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ । तपाईको काममा विपक्षीले समेत साथ दिनेछन् । 

मिथुन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । अध्ययनमा जाँगर चल्नेछ । साथीभाइ र बन्धुसँग सहकार्य गर्ने दिन छ । 

कर्कट : साथीले विश्वासमा काम गर्छु भन्दा हैरानी पर्ने जोखिम छ । सरकारी सेवाबाट भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ।

सिंह : राजनीतिमा तपाइको कदर नहुन सक्छ । मन शान्त राख्न परिवारको साथमा कतै घुम्न निस्कनु उचित हुनेछ । 

कन्या : दिन सामान्य छ। लगानी गरेको भए सफलता मिल्नेछ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ । 

तुला : तपाईको कला र गलाकोप्रशंसा हुनेछ। पाहुना गएको ठाउँमा स्वास्थ्यको ख्याल गर्दै खानपान गर्नु उचित हुनेछ ।

वृश्चिक : दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ । वैदेशिक यात्राको योग रहेको छ । प्रेम सम्बन्धमा सुधार आउनेछ । 

धनु : बोल्दा सचेत बन्नुपर्ने समय छ। परिवारभित्रका मान्छेले भन्दा बाहिरका व्यक्तिबाट प्रशंसा पाइनेछ । 

मकर : व्यापारमा फाइदा हुने दिन छ। दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ। 

कुम्भ : लगानीका क्षेत्रमा जोखिम भएकाले सचेत बन्नुपर्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा समय दिन सके राम्रो हुनेछ ।

मीन : कार्यालयमा साथिहरुबाट असहयोग हुने दिन रहेको छ । साँझको समयमा पुराना सहकर्मीसँगको भेटले मन प्रसन्न रहनेछ ।