
काठमाडौं, माघ २२ :
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनको मिति तय भएको छ ।
सोमबार बसेको अनेरास्ववियु स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो । जसअनुसार महाधिवेशन आगामी जेठ १ देखि ४ सम्म हुनेछ। महाधिवेशनको स्थान भने तय भइसकेको छैन ।