भक्तपुर, माघ २२ :

चाँगुनारायण नगरपालिका–८ चरेलीमा १०८ फिट अग्लो सरस्वतीको मूर्ति निर्माण सुरु भएको छ ।  

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सोमबार चरेलस्थित भुतेको ढुङ्गामा १०८ फिट अग्लो मूर्ति निर्माण कार्यका शीलान्यास गरेका हुन् । उनले मूर्ति बनेपछि यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

मूर्ति निर्माण समितिका अध्यक्ष निवर्तमान परासर सापकोटाले  ४२ करोडको लागतमा निर्माण हुने मूर्तिका लागि  १३ लाख ५० हजार नगरपालिकाबाट सहयोग प्राप्त हुने र बाँकी रकम दाताबाट सङ्कलन भइरहेको बताए ।