आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु हुँदै, १६ लाख किशोरीले लगाउँदै

खोप अभियान सफल पार्न स्वास्थ्य मन्त्रीको सबैलाई आह्वान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ माघ, २०८१ मा प्रकाशित
आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु हुँदै, १६ लाख किशोरीले लगाउँदै
काठमाडौँ, माघ २३ :

सरकारले आजबाट १६ लाख बढि किशोरीहरूलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गर्दै छ। 

यो पहिलो पटक औपचारिक रूपमा राष्ट्रियस्तरमा खोप अभियान सञ्चालन हुन लागेको हो। 

देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई लक्षित गर्दै फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान सफल पार्न सबैलाई आह्वान समेत गरेका छन् ।

खोप अभियानमा विद्यालय जाने ६ देखि कक्षा १० मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी सहभागि हुनेछन् ।

महिलामा पाठेघरको मुखको क्यान्सर चौथौ मुख्य क्यान्सर रहेको छ । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने सङ्ख्या न्युन आय भएका र मध्यम आय भएका देशमा देखिएको युनिसेफको तत्थ्याङ्कले देखाएको छ। 

नेपालमा महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो । मृत्युको भने पहिलो कारण भएको चिकित्सक बताउँछन् ।  

यो पाठेघरको तल्लो भाग योनिलाई जोड्ने भागमा लामो समय ह्युमन प्यापिलोमा नामक भाइरसको सङ्क्रमणको कारण हुने गर्दछ ।

विश्वमा हरेक वर्ष तीन लाख ११ हजारको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गर्छ। यो सङ्ख्या सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ। 

नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार