
महिलाहरुको पाठेघरको मुखको क्यान्सर एउटा विश्वव्यापी समस्या हो र गम्भीर समस्या हो । नेपालमा पनि यो रोग बढ्दै गएको छ । र यसबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा यस रोगलाई निवारण गर्ने अथवा जनस्वास्थ्यको समस्याको रुपमा रहन नदिने भन्ने एउटा आह्वान गरेको छ, अभियान चलाएको छ ।
त्यस अभियानअन्तर्गत हामी पनि यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म यो अभियान सञ्चालन गरिरहेका छौं । यस अभियानमा कक्षा ६ देखि १० सम्मका बालिकाहरु वा १० वर्षदेखि १४ वर्षसम्मका बालिकाहरु, स्कुल नगएका भए पनि, लाई यस अभियानमा खोपका लागि सरिक गरिन्छ ।
यस खोपको नाम एचपीभी हो । यस अभियानमा सरिक हुन म सबैलाई हार्दिक आह्वान गर्न चाहन्छु । र यस अभियानबाट लाभ लिन आग्रह गर्दै यस अभियानमा सहयोग पुर्याउने सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।