काठमाडौँ, माघ २४ :

मेष : ठूलो उपलब्धि हात पार्ने दिन छ । अरुको कुरा सुनेर आफ्नो योजना विपरीत निर्णय होला ।

वृष : वैदेशिक यात्रा अघि बढ्नेछ । परीक्षा दिएको भए उत्कृष्ट नतिजा आउने दिन छ ।

मिथुन :  नयाँ योजना बनाउन बन्नेछन् । धैर्य गरी मिहिनेत गरेमा सोचेका कामहरू पुरा हुनेछन् ।

कर्कट :  नयाँ समाचारले मनमा उत्साह ल्याउनेछ छ। उपहार पाइने सम्भावना छ। 

सिंह : नजिकका व्यक्तिले छलकपट गर्ने भएकाले सावधान रहनुपर्नेछ । आज हरियो पहिरनमा प्रशंसा हुने छ ।

कन्या : बोलीले अरूलाई प्रभावित पारेर काम बन्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । 

तुला : रमणीय र सुखद यात्राको योग छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । 

वृश्चिक : रोकिएका कामहरू पुरा हुनेछन् । पाहुना गएको ठाउँमा सम्मान तथा सत्कार प्राप्त हुनेछ ।

धनु : सहकर्मीको विरोधले आफैँले गरेका निर्णय कार्यान्वयनमा समस्या आउनसक्छ । मनमा चञ्चलता बढ्नेछ । 

मकर : जटिल ठानिएको काम सम्पन्न हुने दिन छ । सजिलै अरूको विश्वास नगर्नुहोला ।

कुम्भ : कार्यक्षेत्रमा प्रगति हुनेछ । घरजग्गाको कारोबारमा फाइदा हुने देखिन्छ । दान गर्दा मन शान्त हुनेछ ।

मीन : घरपरिवारसँग मनोरञ्जनपूर्वक दिन बित्नेछ । पारिवारिक प्रेम सम्बन्ध कसिलो बन्ला ।