बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार भिडियो

२०९ वर्षसम्म युवालाई बेच्ने काम भएको यो बन्द गर : बिगेसो [भिडियो]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
२०९ वर्षसम्म युवालाई बेच्ने काम भएको यो बन्द गर : बिगेसो [भिडियो]
माघ २४ :

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

बिगेसोको आह्वानमा पूर्वगोर्खाहरूले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । बिगेसोले २०९ वर्षसम्म युवालाई बेच्ने काम भएको र यसलाई बन्द गर्नुपर्ने माग राखेको छ ।

सर्वोच्चले २०७४ जेठ २६ गते सरकारका नाममा परमादेश जारी गर्दै त्रिपक्षीय सन्धि पुनरवलोकन गर्न आदेश दिएको थियो ।

सन् १९४७ मा भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछि गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि भएको थियो ।

सन् १९४७ को त्रिपक्षीय सम्झौताले नेपालीलाई अन्यायमा पारेको उनीहरुको ठहर छ । लामो समयदेखि उनीहरु आन्दोलनमा छन् ।
यो पनि…

काठमाडौंका सडकमा दिउँसै लालटिन बालेपछि... [फोटो फिचर]
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार