काठमाडौँ, माघ २५ :

 

मेष : आम्दानीभन्दा बढी खर्च हुने छैन । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । 

वृष : परिवारभित्रको काममा समय खर्च गर्नुपर्ने दिन छ । यात्रा गर्दा सावधानी अपनाउनु होला । 

मिथुन : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

कर्कट : मनमा उत्साहका साथै बोली बिक्नेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह : काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला ।

कन्या : मनमा छटपटी हुन सक्छ । स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । नयाँ कार्यको योजना भने बन्नेछ ।

तुला : नयाँ ठाउँमा घुमफिर गर्ने योजना बन्नेछ । साथीभाइसित सँगै खानपिन गर्ने कार्यक्रम बन्नेछ ।

वृश्चिक : आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ । मन पर्ने वस्त्र उपहार पाइएला । 

धनु : काम गरेर अरूको मन जित्न सकिनेछ । रोकिएका काम सुचारु हुनेछन् । 

मकर : आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । यो राशि हुनेहरूले कालो रङको प्रयोग नगर्नु उचित हुनेछ ।

कुम्भ : अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ । वैदेशिक यात्रामा निस्कने दिन छ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

मीन : व्यवसायका लागि लामो यात्राको सम्भावना छ । गोपनीय ढङ्गले गरिएको कामबाट सफलता मिल्नेछ ।