बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि #प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि
समाचार अर्थतन्त्र

तल्लो सोलु हाइड्रोपावर निर्माणको काम अन्तिम चरणमा, भदौबाट उत्पादन थाल्ने तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ माघ, २०८१ मा प्रकाशित
तल्लो सोलु हाइड्रोपावर निर्माणको काम अन्तिम चरणमा, भदौबाट उत्पादन थाल्ने तयारी
सोलुखुम्बु, माघ २५ :

जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर  निर्माणको अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् । 

कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार  आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ ।  उनले भने, “आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।” 

आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । एफएमओ लगायतका युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी) को १६ अर्ब ऋण लगानीमा सन् २०१६ अगस्टदेखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ । 

सोलुदूधकुण्ड नगरपालिका- ७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी सङ्कलन गरिएको छ । उक्त पानी करिब छ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ । यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ । 

भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने उनको अनुमान छ । हाल आयोजनामा सात सय कामदार कार्यरत छन् । साथै सय जना स्थानीयले रोजगारी पनि पाएका छन् । 

आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ राखिएको छ । उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार