माघ २५ :

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ : ३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकले सरकारले ल्याएको अध्यादेशलाई समर्थन गर्ने कि नगर्ने भन्ने आधिकारिक निर्णय गर्ने जसपा नेपालका सांसद राजकिशोर यादवले जानकारी दिए ।

जसपा नेपालले अध्यादेशबारे अध्ययन, छलफल तथा विश्लेषण गरी पार्टीको धारणा बनाउन सुझाव दिन यादवको  संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिष सुमन र शैलेन्द्र प्रसाद साह सदस्य रहनेगरी कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले अध्यादेशबारे आज दलका नेता उपेन्द्र यादवलाई सुझाव बुझाउदै छ ।

सुझावका आधारमा संसदीय दलको बैठकमा छलफल गरी आधिकारिक निर्णय गर्ने जसपा नेपालले जनाएको छ ।