काठमाडौं, माघ २५ :

काठमाडौँको कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परेर १४ जना घाइते भएका छन् । 

आज (बिहीबार) बिहान भएको विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार घाइते ११ जनाको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । दुई जनाको अवस्था गम्भीर छ । 

तीनजना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सानदार मःम पसलमा खाना बनाउने ग्यास सिलिन्डर पड्किएको र घाइते हुनेहरुमा पसलका कामदारहरु रहेको जनाइएको छ ।

सिलिन्डर विस्फोट हुँदा घरको सिलिङसमेत भत्किएको छ ।
हेरौं थप तस्बिर :

 

 

 

 

तस्बिरहरु : दिलमन्यु सिल्वाल/सक्रिय न्युज