चितवन, माघ २५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले चितवन जिल्ला अदालत उपस्थित गराएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाको थुनछेक बहसका लागि प्रहरीले आज लामिछानेलाई अदालत उपस्थित गराएको हो ।

लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ । 

बुधबार थुनछेक बहस नसकिएपछि अदालतले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको थियो ।