काठमाडौं, माघ २५ :

साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेर रोकिएको छ । अघिल्लो दिन चार दशमलव ४५ अंकले घटेको नेप्से परिसूचक आज पुन ११ दशमलव ६४ अंकले घटेर २६ सय ९९ दशमलव ८१ अंकमा झरेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले घटेर चार सय ५४ दशमलव ४९ अंकमा झरेको छ । नेप्सेमा आज ३१५ कम्पनीको ९२ हजार तीन सय २६ पटकको कारोबारमा एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम नौ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा फाइनान्स समूहको सूचक ४२ दशमलव ४४ अंकले बढेर २७ सय २२ दशमलव ३९ अंकमा चढेकामा बाँकी समूहहरुको सूचक भने घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ७७ अंकले घटेर १३ सय ५९ दशमलव ११ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ८९ दशमलव ५४ अंकले घटेर पाँच हजार सात सय २५ दशमलव ४४ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक पनि १४ दशमलव ६२ अंकले घटेर तीन हजार आठ सय २३ दशमलव ५१ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक २२ दशमलव १४ अंकले घटेर १३ हजार एक सय ६७ दशमलव ३४ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि ५९ दशमलव ६६ अंकले घटेर १३ हजार एक सय २१ दशमलव १० अंकमा झरेको छ । होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहहरुको सूचक पनि क्रमशः २५ दशमलव २२, शून्य दशमलव ४२, २९ दशमलव शून्य छ, ३० दशमलव ९२, शून्य दशमलव ११, २२ दशमलव ५७ र चार दशमलव ९५ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा अपर लोहोरे खोला हाइड्रो पावर कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने साहस ऊर्जा लिमिटेड पहिलो स्थानमा परेको छ ।