काठमाडौं, माघ २५ :

नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले चालु संसद् अधिवेशनमा विभिन्न विधेयकहरु पारित गर्नुका साथै यसै अधिवेशनमा सर्वदलीय संयन्त्र बनाएर संविधान संशोधन कार्यलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा उनले कांग्रेस-एमालेले सातबुँदे प्रतिबद्धतापत्रमा संविधान संशोधनको कुरालाई प्रमुख रुपमा राखेको र संसद अधिवेशन चलिरहँदा उक्त प्रतिबद्धता कार्यान्वयनलाई कांग्रेस एमालेले प्राथमिकताका साथ कार्यानवयन गर्नुपर्ने बताए ।