
मेष : आजको दिन राम्रो छ। सोचेको काम बन्नेछ । मन शान्त र खुशी रहनेछ ।
वृष : खर्च कटौती गर्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।
मिथुन : अप्ठेरो परिस्थिति आउने भएकाले बोल्दा सचेत रहनुपर्ने छ । स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट : अध्ययनमा समय दिनुपर्ने दिन छ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
सिंह : लगानी गरेका क्षेत्रमा फाइदा हुनेछ । परिवारको सल्लाह दिएर अगाडि बढेमा सहज हुने छ ।
कन्या : साथीले तपाईँको प्रशंसा गर्नेछन् । परिवारको विवाद मिलाउन भने समस्या पर्नेछ ।
तुला : आज कामका लागि हिम्मत गर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
वृश्चिक : घरमा पाहुनाको आगमन हुनेछ । गरेका काममा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
धनु : लामो यात्रा नगर्नु उचित हुनेछ । खर्च गर्दा सचेत रहनुहोला । शुभचिन्तकसँग भेट हुनेछ ।
मकर : दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ । अध्ययनका लागि वैदेशिक यात्राको योग छ ।
कुम्भ : काम गर्दा सामूहिक रुपमा गर्नु उचित हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।
मीन : तपाइको काममा साथीभाइले विरोध गर्ने भएकाले सचेत रहनुहोला । परिवारको सहयोगले दिन सहज बन्नेछ ।