काठमाडौँ, माघ २६ :

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले आज (शुक्रबार) आकस्मिक रुपमा १६ औं बैठक बेलाएका हुन् ।

चिकित्सा शिक्षा आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको आह्वानमा केहीबेरमा बालुवाटारमा आयोगको आकस्मिक बैठक बस्दैछ । 

बैठकमा आवासीय चिकित्सकले उठाएका माग र पिजी सिटको बारेमा छलफल गर्ने तयारी छ ।