मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश लुम्बिनी प्रदेश

रिडी- बल्कोट सडकखण्ड आजदेखि एक महिना बन्द हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ माघ, २०८१ मा प्रकाशित
रिडी- बल्कोट सडकखण्ड आजदेखि एक महिना बन्द हुने
गुल्मी, माघ २६ :

मदन भण्डारी राजमार्ग सडक अन्तर्गत आजदेखि गुल्मीको रिडी- बल्कोट सडकखण्ड बन्द हुने भएको छ । 

उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका - १ स्थीत साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएकाले करिब एक महिनाका लागि उक्त सडक बन्द भएको हो । 

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना जारी गरी माघ २५ गते शुक्रबारदेखि फागुन २० गतेसम्म सडक पूर्णरूपमा बन्द गरिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जानकारी दिए ।

सडक सुचारु गरी काम गर्दा यात्रुहरूमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको माग अनुसार केही समयका लागि वैकल्पिक सडकको प्रयोग गरी उक्त सडक पूर्णरुपमा बन्द गरि काम सुरु गरिएको निमित्त योजना प्रमुख पौडेलले बताए ।

सडक बन्द भएपछि कार्यालयले यात्रुलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि - श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखिसिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि- ठाडो खोलाहुँदै रिडीको सडक प्रयोगमा ल्याएको छ ।  

मदन भण्डारी राजमार्ग योजना कार्यालयले आवश्यक समन्वय र सहजीकरणका लागि गुल्मी र अर्घाखाँची जिल्लाका जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, छत्रदेव गाउँपालिका, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, उद्योग वाणिज्य सङ्घ र पश्चिम नेपाल बस व्यवसायी समितिलाई आग्रह गरिसकेको जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार