बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

बालयौन दुरुपयोगको मुद्दामा कृषिविज्ञ मदन राईलाई साढे २ वर्ष कैद

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ माघ, २०८१ मा प्रकाशित
बालयौन दुरुपयोगको मुद्दामा कृषिविज्ञ मदन राईलाई साढे २ वर्ष कैद
काठमाडौं, माघ २६ :

बालयौन दुरुपयोगको मुद्दामा कृषिविज्ञ मदन राईलाई अदालतले साढे २ वर्ष कैद तोकेको छ ।

खोटाङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आज (शुक्रबार) पेसी तोकेको थियो । आज उनलाई साढे २ वर्ष कैदको फैसला सुनाइएको हो ।

साथै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा भनिएको छ ।

२०८० जेठ २१ गते उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोगमा मुद्दा दर्ता भएको थियो । त्यतिबेला उनी ४ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । राईले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) अन्तर्गतको कसुर गरेको आरोप छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार