आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

४० प्रतिशतलाई ‘एचपीभी’, सबैभन्दा धेरै अछामका किशोरीले लगाए खोप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ माघ, २०८१ मा प्रकाशित
४० प्रतिशतलाई ‘एचपीभी’, सबैभन्दा धेरै अछामका किशोरीले लगाए खोप
काठमाडौं, माघ २६ :

सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९ दशमलव ४६ प्रतिशत किशोरीले खोप लगाएका छन् । जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका हुन् ।

‘खोप अभियान उत्साजनक रुपमा चलिरहेको छ । लक्ष्यअनुसारै सबै किशोरीलाई खोप लगाउँछौं,’ उनले भने । गौतमका अनसार कोसीमा ३८.७, मधेसमा १९.९, बागमतीमा ४१.६, गण्डकीमा ४५.२, लुम्बिनीमा ४९.७, कर्णालीमा ३७.७ र सुदूरपश्चिममा ३९.५ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

जिल्लागत रूपमा सबैभन्दा धेरै अछाम जिल्लाका ८९.३ प्रतिशत किशोरीले खोप लगाएका छन् । यस्तै, बैतडीका ८२.७ र गोरखाका ७७.८ प्रतिशत किशोरीले खोप लगाएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार