बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
विदेश

विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ माघ, २०८१ मा प्रकाशित
विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु
अङ्कारा, माघ २६ :

टर्कीएको राजधानी अङ्कारामा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ । अन्य २० जना अस्पतालमा उपचाररत रहेका छन् । 

टर्कीएमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ । सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा ३२ जनालाई हिरासतमा लिइएको छ ।

अङ्कारा प्रान्तीय गभर्नरको कार्यालयले मङ्गलबार विषाक्त रक्सीको प्रयोगको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो ।

अन्य शहरहरूमा पनि यस्तै घटनाहरू दर्ता गरिएको छ । इस्तानबुलमा जनवरीमा विषाक्त रक्सीको कारण कम्तिमा ९० जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो ।

अधिकांश मृत्यु मिथेनोल विषाक्तताको कारणले हुन्छ ।

टर्कीएका अधिकारीहरूले विषाक्त मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्न प्रयासहरू तीव्र पारेको जनाएका छन् । साथै, अधिकारीहरूले जनतालाई इजाजत नभएका पेय पदार्थहरूबाट बच्न आग्रह गरेका छन् । रासस/ सिन्ह्वा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार