काठमाडौँ, माघ २७ :

माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । 

भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, र शक्ति वृद्धि, आयुवृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ । 

एकादशी व्रत लिनाले स्वर्ग, मोक्ष, तीर्थस्नानको फल प्राप्ति हुने, भूत, प्रेत, पिशाचबाट मुक्त भइन्छ भन्ने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताए ।