काठमाडौँ, माघ २७ :

चलचित्र विकास बोर्डले १६ जना विद्यार्थीलाई चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । 

माध्यमिक तहमा १, स्नातक तह पहिलो वर्षको लागि १२ जना, विद्यावारिधीको लागि १ र दर्शनाचार्यको लागि एक जनालाई छात्रवृत्ति प्रदान गरिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको उनले बताए । 

बोर्डका अनुसार माध्यमिक तहको लागि १५ हजार, दर्शनाचार्य, विद्यावारिधि र स्नातक तह पहिलो वर्षको लागि ५० हजार छात्रवृतिका लागि उपलब्ध गराईएको छ ।