काठमाडाैं, माघ २७ :

पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली विधानसभा चुनावमा पराजय स्वीकार गरेका छन् । सामाजिक सञ्जाल मार्फत जारी भिडियो सन्देशमा उनले जनताको निर्णयलाई पूर्ण नम्रताका साथ स्वीकार गर्दै रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए ।

विगत दश वर्षसम्म जनताले  दिएको अवसरको सदुपयोग गरेको जनाउँदै उनले यो अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानीका साथै दिल्लीको पूर्वाधारका लागि धेरै काम गरेको समेत चर्चा गरे ।

‘अब जनताले हामीलाई निर्णय दिएका छन्। हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्रै खेल्ने हैन, व्यक्तिको आवश्यकता परे पनि जनताको सुख-दु:खमा सहयोग गर्ने, समाजसेवामा पनि काम गर्ने छौं। किनभने हामी कुनै शक्तिका लागि राजनीतिमा आएका होइनौं उनले भने, हामी राजनीतिलाई जनताको सेवा गर्ने, जनताको सुख-दु:खमा सहयोग गर्ने माध्यम मान्छौँ।’

केजरीवालले भारतीय जनता पार्टीलाई जितको लागि बधाई दिँदै मतदाताहरुका सबै आशा र अपेक्षाहरू पूरा गर्ने विश्वास व्यक्त गरे ।