काठमाडौँ, माघ २८ :

 

मेष : आजको दिन राम्रो रहेको छ । नयाँ कामको सुरुवात हुनेछ । रोकिएका कामहरू बन्नेछन् । ।

वृष : स्वास्थ्यमा सुधार आउनेछ । श्रम अनुसारको फल पाइनेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

मिथुन : काममा ढिलाइ हुनेछ । व्यापारमा सफलता हात लाग्नेछन् । काम गर्ने जोस जाँगर बढ्नेछ ।

कर्कट : आजको दिन केही प्रतिकूल रहेको छ । यात्रा गर्दा विचार पुर्‍याउनुहोला । कामहरू रोकिन सक्छन् ।

सिंह : काम गर्ने जोस जाँगर बढ्नेछ । रोकिएको धन हात पर्नेछ । साथिभाइबाट सहयोग मिल्नेछ ।

कन्या : नयाँ कामको सुरुवात हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । पारिवारिक यात्रा हुनेछ । 

तुला : पारिवारिक मनोरञ्जनमा खर्च बढ्न सक्छ । धार्मिक कार्यमा सहभागि हुँदा राम्रो हुनेछ ।

वृश्चिक : गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक यात्राको योग रहेको छ ।

धनु : आजको दिन शुभ रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । कामहरू बन्नेछन् ।

मकर : अध्ययनमा मन लाग्नेछ । नयाँनयाँ कार्यक्रम थपिँदै जाँदा मन खुशी हुनेछ । 

कुम्भ : मिष्ठान्न भोजन गर्न पाइने छ । परिवारमा महत्त्वपूर्ण कामको गोपनीयता भङ्ग नगर्नु उचित हुने छ ।

मीन : खानपानमा ध्यान नपुर्‍याउँदा स्वास्थ्यमा समस्या देखिन सक्छ । अनावश्यक विवाद नगर्दा राम्रो हुन्छ।