चितवन, माघ २८ :

नारायणगढ- मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका- २९ सेती दोभानमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

आज बिहान नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस सेती दोभानमा पुलबाट तल खोल्सामा खसेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसमा २९ जना यात्रु रहेको विवरण प्राप्त भएको र १५ जना घाइतेलाई उद्धार गरेर उपचारका लागि भरतपुरका विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।