चितवन, माघ २८ :

चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँ खसीबोका लिएर आउँदै गरेको भे १ क २३६२ नम्बरको मिनिट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो ।

दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए ।