काठमाडाैं, माघ २८ :

काठमाडौँको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। 

सिंहदरबारतर्फ जाँदै गरेको रक्षामन्त्री राईको गाडीले आइतबार बिहान  ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। 

गाडीको ठक्करबाट कसैलाई कुनै चोटपटक लागेको छैन । मोटरसाइकलको लुकिङग्लास लगायतमा सामान्य क्षति भएको छ । रक्षामन्त्रीका सवारी चालकले बनाइदिने भएपछि सहमती भएको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले बताए।