
धनगढी, माघ २८ :
धनगढीमा १४ वर्षीया एक किशोरीमाथि बलात्कार भएको छ । बाजुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि गत बिहीबार साँझ बलात्कार भएको प्रहरीले जनाएको छ ।पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।
धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् ।पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेपछि घटना बाहिरिएको हो ।
प्रहरीका अनुसार स्कुलबाट घर फर्किने क्रममा धनगढीकै १८ वर्षीय युवकले ती किशोरीलाई चक्कु देखाउँदै घर लगेर बलात्कार गरेका हुन् ।
किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए ।