
काठमाडौं, माघ २८ :
सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै प्रदर्शन भएको छ ।
काठमाडौंको माइतीघर मण्डलमा आइतबार अनलाइन टीभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले जनताको मुख नथुन, सरकारबाट झरेपछि तिमी आफैं बोल्नुपर्छ, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, सामाजिक सञ्जाल विधेयक, २०८१ नियमनको आवरणमा नियन्त्रण, सत्तामा हुँदा जनताको मुख थुन्छौं, विपक्षमा पुगेपछि तिमी आफैँ रुन्छौं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएका छन् ।
प्रदर्शनका क्रममा अनलाइन टीभी पत्रकार संघ नेपालका अध्यक्ष जीवन भण्डारीले बोल्नै नपाए लोकतन्त्र केका लागि भन्दै सरकारलाई प्रश्नसमेत गरेका छन् ।
हेरौं थप तस्बिर :
भिडियो/तस्बिर : दिलमन्यु सिल्वाल/सक्रिय न्युज