
साताको पहिलो कारोबार दिन आइतबार नेप्से घटेको छ । नेप्से आज ११ दशमलव ४९ अंकले घटेर २६ सय ८८ दशमलव ३१ अंकमा झरेको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २५ अंकले घटेर चार सय ५२ दशमलव २१ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीको ८४ हजार दुई सय ८० पटकको कारोबारमा एक करोड ५८ लाख ५५ हजार ६ सय १० कित्ता सेयर खरिद-बिक्री भए । जसअनुसार कुल कारोबार रकम आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६ सय २८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आइतबार १३ समूहको सेयर कारोबार भएकामा चारवटा समूहको सूचक बढेर बाँकीको घटेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक २१ दशमलव ८५ अंकले बढेर २७ सय ४४ दशमलव २४ अंकमा चढेको छ । लघुवित्त समूहको सूचक पनि १३ दशमलव शून्य आठ अंकले बढेर पाँच हजार एक सय ५० दशमलव ५० अंकमा चढेको छ । यसैगरी उत्पादनमूलक र व्यापार समूहको सूचक पनि क्रमशः ११ दशमलव ३८ र ६० दशमलव ५८ अंकले बढेका छन् ।
वाणिज्य बैंक समूहको सूचक भने चार दशमलव ८३ अंकले घटेर १३ सय ५४ दशमलव ३० अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि ७७ दशमलव ६८ अंकले घटेर पाँच हजार ६ सय ४७ दशमलव ७६ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि १९ दशमलव ३९ अंकले घटेर तीन हजार आठ सय चार दशमलव ४३ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि एक सय दशमलव १७ अंकले घटेर १३ हजार ६८ दशमलव ६७ अंकमा झरेको छ ।
निर्जीवन बिमा समूहको सूचक पनि ७५ दशमलव ७४ अंकले घटेर १३ हजार ४० दशमलव २९ अंकमा झरेकामा होटेल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः १६ दशमलव ३६, शून्य दशमलव ४१, शून्य दशमलव शून्य सात र २७ दशमलव ७५ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सेन्ट्रल फाइनान्स परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ ।