काठमाडौँ, माघ २९ :

 

मेष : साना कुरामा तर्क गर्ने बानीले अप्ठेरो परिस्थिति आउनसक्छ । बोल्दा सचेत बन्नुपर्ने छ । 

वृष : राज्यको सेवामा भए पदोन्नति हुनेछ । लगानी गरेर इज्जत राख्ने दिन छ । सोचेका काम बन्नेछन् । 

मिथुन : धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । बोली र व्यवहारमा एक रूपता राख्नुहोला ।

कर्कट : दान गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ । स्वदेशमा विकल्प देखेर खुशी हुने दिन छ । 

सिंह : साथीभाइले प्रयोग गर्न खोज्ने भएकाले सचेत हुनुहोला । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

कन्या : शिक्षाको क्षेत्रमा गरेको प्रयासले हौसला थपिनेछ । स्वास्थ्यमा सुधार आउँदा परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

तुला : घरायासी सामानका लागि खर्च गर्ने दिन रहेको छ । लगानी गरेका ठाउँबाट आम्दानी सुरु हुनेछ । 

वृश्चिक : साना कुरामा नअल्झिनु राम्रो हुनेछ । परिवारमा कर्तव्य पूरा गर्नु उचित हुनेछ । 

धनु : थोरै लगानी गरेर सम्पत्ति आर्जन हुनेछ । नयाँ कार्यमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मकर : कला र गलाको प्रदर्शन गर्ने दिन हो । लगानीका क्षेत्र बलिया भएकाले हिम्मत गर्नुपर्ने समय आएको छ । 

कुम्भ : धार्मिक घुमघामको यात्राले मन शान्त बन्नेछ । बिहान उठेर भजन सुनेमा दिन सहज बन्नेछ । 

मीन : नयाँ कामका लागि साथीले सहयोग गर्दा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।