बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

ठमेलमा गस्तीमा रहेका प्रहरीलाई हातपात गर्ने दुई जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ माघ, २०८१ मा प्रकाशित
ठमेलमा गस्तीमा रहेका प्रहरीलाई हातपात गर्ने दुई जना पक्राउ
काठमाडौँ, माघ २९ :

नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

यही माघ २४ गते काठमाडौँ महानगरपालिका- २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए ।

ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिए । 

उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार