
नेप्सेको ओरालो यात्रालो साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ११ दशमलव ४९ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन पनि १० दशमलव ९८ अंकले घटेर २६ सय ७७ दशमलव ३२ अंकमा झरेको छ ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ अंकले घटेर चार सय ५० दशमलव ६५ अंकमा झरेको छ । नेप्सेमा आज ३२२ कम्पनीको ७४ हजार आठ सय ६४ पटकको कारोबारमा एक करोड ४४ लाख ४३ हजार सात सय ६५ कित्ता सेयर खरिद-बिक्री भए । जसअनुसार कुल कारोबार रकम ६ अर्ब ९६ करोड दुई लाख ९२ हजार दुई सय ३५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा दुईवटा समूहको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये अन्य समूहको सूचक चार दशमलव ९१ अंकले बढेर २१ सय दशमलव ४४ अंकमा चढेको छ । व्यापार समूहको सूचक पनि चार दशमलव ४४ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने आज दुई दशमलव ३९ अंकले घटेर १३ सय ५१ दशमलव ९१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ११ दशमलव ९१ अंकले घटेर पाँच हजार ६ सय ३५ दशमलव ८४ अंकमा झरेको छ ।
यसैगरी फाइनान्स समूहको सूचक पनि ३३ दशमलव ८१ अंकले घटेर २७ सय १० दशमलव ४३ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि २९ दशमलव २५ अंकले घटेर तीन हजार सात सय ७५ दशमलव १८ अंकमा झरेको छ । जीवनबिमा समूहको सूचक पनि ८१ दशमलव शून्य एक अंकले घटेर १२ हजार नौ सय ८७ दशमलव ६५ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि शून्य दशमलव ९१ अंकले घटेर १३ हजार ३९ दशमलव ३८ अंकमा झरेको छ ।
यीबाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ११ दशमलव ८२, शून्य दशमलव ४८, एक सय ४८ दशमलव ५८, १४ दशमलव २५ र शून्य दशमलव शून्य तीन अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा बोटर्लस नेपाल (बालाजु) लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पनि नेपाल रिपब्लिक मिडिया लिमिटेड पहिलो स्थानमा परेको छ ।