माघ ३० :

 

मेष : बिहानै शुभ समाचार सुन्न पाइने छ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ। सामाजिक कामबाट सफलता मिल्नेछ ।

वृष : शुभ कार्यको योजना बनाउने दिन रहेको छ । परोपकार तथा पुण्य आर्जनमा संलग्न भइनेछ ।

मिथुन : मनमा शान्ति मिल्ने छ। कुरा काट्नेहरू बढेपनि दाजुभाइ र आफन्तको राम्रो सहयोग पाइनेछ ।

कर्कट : दोधार उत्पन्न हुन सक्ने भएकाले आटेका काम गरिहाल्नु उचित होला । गोपनीयतामा ध्यान पुर्‍याउनुहोला ।

सिंह : न्यायिक क्षेत्रमा संलग्न हुनेहरूले आज राम्रै सफलता प्राप्त गर्नेछन् । नयाँ रोजगारीको अवसर मिल्नेछ।

कन्या : आफ्नै दक्षतामा विभिन्न कामहरू सम्पन्न हुनेछन् । सरकारी तहबाट राम्रो अवसर प्राप्त हुने सम्भावना रहेको छ।

तुला : आफन्त र साथीभाइको हौसलाले रोकिएका कामहरू सम्पन्न हुनेछन् । आज विष्णु भगवान्‌लाई स्मरण गर्नु उचित हुनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति होला । आफूलाई अनुशासित र संयम बनाउनुपर्ने दिन रहेको छ ।

धनु : आज वैदेशिक कार्य कमजोर रहला । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै उत्तम हुनेछ ।

मकर : लामो समयदेखिका बाधाहरू आज स्वत: फुकुवा हुनेछन् । साथीहरूबाट सहयोग जुट्नेछ ।

कुम्भ : नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। चिताएको कामले तीव्रता लिनेछ । सेयर कारोबारबाट फाइदा लिने दिन छ ।

मीन : सामान्य कुरामा मनमुटाव हुन सक्छ । साँझमा सुखीको समाचारले मन आनन्दमय रहला । वैदेशिक यात्राको योजना बन्ला ।