
सुनसरीको बराहक्षेत्र नगरपालिका- १ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।
आज चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १- ०२- ००२च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्र नं १- ०२- ०५१ प ४९९५ नम्बरको स्कुटी चालकलाई ठक्कर दिँदा धनकुटा शहिदभुमी गाउपालिका- १ का २५ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए ।
घाइते राईको बराहक्षेत्र- १ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ ।
ठक्कर दिई भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका- ३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ ।