बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

नेपाल- भारत उर्जा सचिवस्तरीय बैठक आजदेखि नयाँदिल्लीमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
नेपाल- भारत उर्जा सचिवस्तरीय बैठक आजदेखि नयाँदिल्लीमा
काठमाडौँ, माघ ३० :

नेपाल- भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ ।

बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुरेश आचार्य र भारतका तर्फबाट समकक्षी पंकज अग्रवालले नेतृत्व गर्ने भएका छन् ।

बैठक नियमित भएको र विद्युत् उत्पादन र प्रसारणलाइनको विषयमा छलफल हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देशबीच प्रसारणलाइन, पञ्चेश्वर आयोजना, १० हजार मेगावाट विद्युत् निर्यातको विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार