
काठमाडौँ, माघ ३० :
नेपाल- भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुरेश आचार्य र भारतका तर्फबाट समकक्षी पंकज अग्रवालले नेतृत्व गर्ने भएका छन् ।
बैठक नियमित भएको र विद्युत् उत्पादन र प्रसारणलाइनको विषयमा छलफल हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।
बैठकमा दुई देशबीच प्रसारणलाइन, पञ्चेश्वर आयोजना, १० हजार मेगावाट विद्युत् निर्यातको विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।