.jpg)
काठमाडौं, माघ ३० :
कमलपोखरीमा रहेको सान्दार मःम पसलमा ग्यास विस्फोट हुँदा घाइते भएकामध्ये दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडाका १८ वर्षीय रविन राई र उदयपुरका २० वर्षीय भीमबहादुर घले रहेका छन् ।
उनीहरूको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
अरु ९ घाइतेको उपचार भइरहेको छ ।