काठमाडौँ, माघ ३० :

नेपाली बजारमा मङ्गलबार सुन तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज सुन तोलाको एक लाख ७० हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । सोमबार एक हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भइरहेको छ ।