बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार गण्डकी प्रदेश

नारायणीमा हामफालेकी महिलाको सकुशल उद्धार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
नारायणीमा हामफालेकी महिलाको सकुशल उद्धार
काठमाडौं, माघ ३० :

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ स्थित नारायणी नदीमा हामफालेकी एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

पूर्वी नवलपरासीको प्रतापपुर गाउँपालिका ३, सोमनीकी ३५ वर्षीया अनीता हरिजन त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हामफालेकी हुन् ।

घटनाबारे जानकारी पाउनासाथ बीओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको हो । उद्धारपछि उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार